Section 28
पर्वतारोहण सम्बन्धी प्रतिवेदन पठाउनु पर्ने
(१) पर्वतारोही दलको नेता वा निजको सट्टामा काम गर्ने सदस्यले पर्वतारोहण कालमा सम्पर्क अधिकृत मार्फत वा सम्पर्क अधिकृत नभएमा सोझैतोकिएबमोजिम आवधिक प्रतिवेदन पठा
उनु पर्नेछ ।(२) पर्वतारोही दलको नेताले आफ्नोे पर्वतारोहण कार्य समाप्त भएपछि नेपाल सरकारसमक्ष तोकिएको म्यादभित्र तोकिएबमोजिम प्रतिवेदन पेश गर्नु पर्नेछ ।